परिवर्तनकारी शक्तिहरु को लागि एक आवाज

टिकापुर घटना को दोषी को?


आज टिकापुर मा घटेको घटना पकै पनि दुखदायी छ, सर्वसाधारण जनता देखि लिएर मधेशका अरु भूभाग का आन्दोलनरत् मधेशीहरु पनि यस घटना वारे स्तम्भ र दुखी भएका छन्।  कसैले नसोचेका घटना यो भएपनि विभिन्न नेता र विश्लेषकहरु यस पाली मधेशमा ठुलो संख्यामा आन्दोलनकारी हरुको हताहात हुन् सक्ने आंकलन पहिला देखि नै गरिरहेका समाचार प्रकाशित हुँदै आइरहेको थियो।
म कुनै नेता होइन, न राजनीतिक विश्लेषक नै!
एउटा सर्वसाधारण को आँखाले हेर्दा यो घटना सन्जोग पनि लागे न। एकातिर राज्यबाट कडा अभिव्यक्ति र निर्देशन भने अर्को तिर आन्दोलनरत नेताहरु बाट राज्यले अट्टेर गरे आन्दोलनलाई अझ सशक्त र प्रतिकारमा उतरीने चेतावनी ले यस घटनाको पृष्ठभुमि तैयार पारिसकेको थियो।
आदेश! हो आदेश दुइटै पक्षले मानेका नै हुन्। सुरक्षाकर्मी ले गृह-मन्त्रालय को र आन्दोलनकारी ले आफ्नो मार्गदर्शक को। मृत्यु हुनेमा पनि आदेश मान्नेहरु नै हुन्।
आन्दोलनको आज नवो दिन! तर राज्यबाट कुनै वास्ता नै भएका छैन। आज के? बन्द कोठामा १६ बुंदे सहमति हुने पश्चात नै विरोध शुरु भइसकेका थिए, मसौदाको लागि गरिएको राय संकलनमा त् झन् देशभरी बाट नै विरोध भएका थिए। तर राज्यबाट सबलाई वेवास्ता नै गरियो। वेवास्ता मात्र होइन धोका पनि गरिएका छन्। मधेश आन्दोलन, थारु आन्दोलन, जनजाती आन्दोलन, दलित आन्दोलन आदि इतिआदि पश्चात राज्यबाट गरिएको कुनै पनि सम्झौता अन्तरिम संविधानमा उल्लेख भएपनि हाल संविधानमा समेटिएको छैन। यो धोखा, ठगी र बेइमानी होइन त् के हो?
कहिले आठ प्रदेश त् कहिले छौ त् कहिले सात प्रदेशको खाका तैयार हुँदैछ तर किन आज सम्म आफ्नो परिवार, इष्ट-मित्र, नातेदार र जातेदार वाहेक अरुको चित बुझिरहेको छैन?
मधेशी मात्र आन्दोलनमा भएको भए बुझिन्थियो किनभने उनीहरुको कुनैपनि मांगलाई आजसम्म राज्यले जायज मानेका छैन तर यंहा जनजाती, थारु, मुश्लिम, दलित, अल्पसंख्यक, सिमान्कृत, हिमाली सबै आन्दोलनमा छन्। के देशको ७०% जनताले गरिरहेको माँग नाजायज हो र जम्मा चार जनाले गरेको सहमति जायज हो?
धेरै ले भन्छ 'देश रहे जनता रहन्छन' तर म भन्छु 'जनता नै नरहे के देश चल्छ'

आज मात्रको संयोग ले यस्तो ठुलो दुखदायी घटना घटेको होइन, यसका अझपनि धेरै पृष्ठभूमि हरु छन् :
केहि दिन पहिला मात्र सप्तरी भारदह मा राजिव राउत को प्रहरीको गोलि लागेर निधन भए पश्चात नै गृह-मन्त्रि ले भनेका थिए "आत्म-रक्षाको लागि सबले प्रतिकार गर्छ र प्रहरी पनि आत्म-रक्षाको लागि गोलि चलायो"
शान्ति सुरक्षा अझ प्रभावकारी ढंगले कायम गर्नुको सट्टा यस्तो अभिव्यक्तिले कस-कसलाई थप बल पुगायो यो जवाब गृह मन्त्रि ज्यु ले नै दिनुहुन्छ।

केहि दिन पहिला भैरवामा केहि भिजलन्तेहरु ले आन्दोलनकारी माथि आक्रमण गरि ठुलो मात्रामा धनजन को क्षति सहित हिंसक घटना नै गरेको थियो। सोहि घटनामा सुनिल यादव को लाश डाण्डि खोलामा भेटिएको थियो। के मानव मुल्य येति सस्तो भइसकेको छ कि राज्यबाट सत्य-तथ्य को कुनै छानबिन नै भएन।

आजको घटनामा उठेका केहि प्रश्न: (copied from esamata.com)

मात्र तीन आन्दोलनकारीको हत्या हुँदा १७ जना प्रहरीको हत्या र ५६ जना प्रहरी घाइते हुनै सक्दैन । कि त यो योजनाबद्ध तथा सुनियोजित षडयन्त्र रचेर गराइएको घटना हो । कि त घटनाले थप उग्र रुप लिने भएर सरकारले आन्दोलनकारीतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

लौ मानौँ प्रहरीले फायर खोल्नुभन्दा अघि नै आन्दोलनकारीले उनीहरुलाई कब्जामा लिएर मारे रे ! तर के ८० जना हतियारबद्ध प्रहरी एकै ठाउँ हुनु भनेको कम शक्ति हो ? त्यत्रो प्रहरीले आफ्नो प्रमुख कमाण्डर एसएसपीलाई मार्दासम्म तीन जना मात्र मर्नेगरी गोली चलाए होलान् त ?

लौ प्रहरीले गोली नै चलाउन पाएनन् रे, त्यत्रा तालिमप्राप्त प्रहरीले कम्तीमा ३/४ जनालाई त त्यसै पनि ढाल्छन् । अर्को कुरा, हतियार साथमा भएको प्रहरीले गोली चलाउन थालेपछि आन्दोलनकारी त्यसै पनि भाग्छन् ।

गृहमन्त्रीले २ सयको संख्यामा भाला, बञ्चरो र खुकुरी लिएर आएका आन्दोलनकारी भनेका छन् । के त्यति सानो संख्याको प्रदर्शनकारीले त्यति ठूलो संख्यामा प्रहरीको हत्या गर्न सम्भव छ ? यो पत्याउन सकिने कुरा होइन ।

त्यत्रो घम्साघम्सी हुँदा आन्दोलनकारी पनि पक्कै घाइते भएका होलान् ती कहाँ गए ? अझ सर्वसाधारण आन्दोलनकारी त धेरै पर्नुपर्ने । किनकि उनीहरुलाई यस्तो बेला सुरक्षित हुने तरिका नै थाहा हुँदैन ।

जिल्ला अस्पतालमा त घाइते प्रहरी मात्र छन् भनिएको छ । के कुनै आन्दोलनकारी घाइते नभई त्यति ठूलो संख्याको प्रहरी हत्या सम्भव छ ? छैन ।

त्यसैले कि यो ठूलो षड्यन्त्र हो कि त्यहाँ सयौँको संख्यामा आन्दोलनकारी हताहत भएको हुनैपर्छ । सरकार र आन्दोलनकारी दुबैबाट तत्कालै यथार्थ बाहिर आउनुपर्छ,  भोलि फेरि यस्तै गरी अर्को ठाउँमा आगो लागिसकेपछि हैन ।
------------------------------------
एक समाचार अनुसार: केपी ओली ज्युले यस घटनालाई आतंकारी को संज्ञा दिनु भएको छ र बाहिरी शक्तिले गराएको प्रष्ट पार्नु को साथ-साथै घटनामा आन्दोलनकारी ले SLR राइफल प्रयोग गरेको भनेपनि अहिले सम्म पुष्टि हुन् वाकी नै छ।
सरिता गिरि ले दिएको वयान अनुसार बिना संसदमा अनुमोदन गराई मधेशको विभिन्न जिल्लामा सेना परिचालन भएको छ।
ओली ज्युले उल्लेख गर्नु भएको 'बाहिरी शक्ति' लाई रोक्न सेनाको परिचालन हुनु पर्छ न कि आफ्नै देशको जनताले गरेको आन्दोलनमा!
मधेशीहरुले कुनै अलग राष्ट्रको मांग गरेको होइन, न काठमाडौँ, न पोखरा नै माँगेका हुन्। युद्ध गर्ने त् कुरै भएन फेरि सेना किन?
 कस्तो संविधान आइरहेको छ जसको निव मात्रले चारै तिर रगत नै रगत बगी रहेको छ, चाहे त्यो रगत आन्दोलनकारी को होस् चाहे सुरक्षाकर्मी को! रगत त् नेपाल आमा कै सन्तानहरु को हुन् नि!
go back army madheshi wants peace not war

#GobackArmyweareNotinWar 

0 comments:

About

Admin: Saroj Kumar Ray
Address:
Janakpur, Dhanusha
Nepal

email: Mail to me
On Facebook
On Google

Contact Details

Ek Awaaj
Email: ekawaaj40@gmail.com

Our Group on Facebook
Ek Awaaj एक आवाज