एकीकरण पुर्व :
* सन् १८००- एकिकरण पुर्व 'तिरहुतिया सेना' सहित मधेश स्वतन्त्र अस्त्विमा थियो तर, गोर्खा राजा पी.एन.शाहले नेपाललाई भौगोलिक एकीकरण भए पश्चात मधेशी समुदायसँग भएको सौतेले व्यवहारको परिणाम गोरखा शासक र अंग्रेजसँगको युद्धमा मधेशीहरुले अंग्रेजहरुलाई सहयोग,* मधेशको सम्पूर्ण भू–भाग “इष्ट इन्डिया सरकार"द्वारा कव्जा र सन् १८१६ को सन्धि,
* सन् १८१६को सन्धि पश्चात अंग्रेजहरुले नेपाल समक्ष दुई वटा शर्त : १) मधेशको भूभागमा वस्ने यहाँका धर्तीपुत्रहरुसँग कुनै पनि किसिमको विभेद गर्न नपाइने र २) गोरखा शासक अंग्रेजहरुसँग वफादार हुनुपर्ने) राखी कब्जा गरिएको मधेशको भूभाग मध्ये सानो भू-भाग नेपाललाई फिर्ता तथा अधिकांश भू-भाग (हालको बिहार र यूपीको हिस्सा) इन्डियामै राखियो,
* तत् पश्चात भारतमा भएको अंग्रेज बिद्रोहमा गोर्खा शासकद्वारा अंग्रेजलाई गरिएको सहयोग बापत तात्कालिक गरिएको २ शर्तहरुको फुकुवा र मधेशको भूभागमा अंग्रेजहरुद्वारा फहराई रहेको कम्पनीको झण्डा हटाइनु संगै मधेशी जनतामाथि कुनै प्रकारको कर गोरखा सरकारले उठाउन नपाउने शर्त पनि खारेज,
* गोर्खा सरकार(राणा)द्वारा मधेशबाट लगान उठाउन शुरू र यहाँको मधेशीमाथि विभेद नगरिने शर्त उल्लङ्घन गर्दै गोर्खालीद्वारा मधेशीहरु माथि दमनको शुरुवात तथा मनमुटाव प्रारम्भ,
* त्यस मनमुटावको परिणाम भारतीयद्वारा अंग्रेज विरुद्ध गरिएको विद्रोहमा मधेशीहरु पनि सक्रिय रुपमा सामिल नतिजा अंग्रेजहरु सन् १९४७मा भारतबाट भाग्न बाध्य,
* भारत छोड्नु पूर्व अंग्रेजहरुद्वारा मधेशको बाँकी भूभाग नेपाललाई फर्काउने प्रस्ताव तर यहाँको राणा शासकद्वारा अस्विकार,
भारत छोडो सत्याग्रहको सफलता(सन् १९४७) यता :
*अंग्रेजहरु भारत छोडेर भागेपछि नेपालमा उनीहरुकै कठपुतली रहेका राणा शासन बिरुद्ध पनि प्रारम्भ गरिएको क्रान्ति सन् १९५१(बि.स. २००७) सालमा सफलताको प्राप्ति, यस क्रान्तिमा सुनसरीको कुसहा मोर्चामा लडिरहेका कुलदिप (हालका बिहार निवासी), डि.पि. शर्मा(हाल स्व.) र श्यामलाल (हाल स्व.) मधेसीहरु मध्ये डा. कुलदिपको सहादत्त,
* दिल्ली सम्झौता पूर्व राजा त्रिभुवनद्वारा सम्पूर्ण नेपाललाई भारतमा विलय गराउने प्रस्ताव प. जवाहर लाल नेहरु समक्ष प्रस्तुत तर नेहरुबाट अस्विकार,
* २००८ सालपछि मधेसीद्वारा 'काठमाडौँ जान मधेसीमाथि ०१३ सम्म थोपरिएको भिसा खारेजी' लगायतका मधेशी मुद्दाहरुको उठान र तराई काँग्रेको स्थापना,
* मधेशी बिद्यार्थीहरुको समास्यालाई लिएर रघुनाथ ठाकुर(मधेशी सहिद)द्वारा बि.स. २०१०मा नारायणहिटी राजदरवार अगाडी आमरण अनसन,
* राजा त्रिभुवनको २०११ सालमा मृत्यु र संविधान सभा लगायतका मुद्दाहरु अनिश्चित,
* बि.स. २०१४ सालमा हिन्दी भाषा माथी आक्रमण र हटाउने प्रयास, भाषा आन्दोलनको सुरुवात तथा स्व.पशुपत्ति घोष र मेहन्द्र ना. निधीको चक्रिय अध्यक्षता र स्व.रामजनम तिवारी महासचिव रहेको 'हिन्दी भाषा रक्षा' समितिको गठन,
* विराटनगरमा कठोर आन्दोलन, २ दर्जन बढी नराम्ररी घाइते, तराई काँग्रेसका नेता स्व.श्याम लाल, स्व.देव कुमार, स्व.बलदेव तत्कालिन प्रशासनद्वारा गिरफ्तार र ६२ दिनसम्म हिरासत,
* त्यसपछि “हिन्दी रक्षा समिति” का महासचिव रामजनम तिवारी राजासँग भेटेर वार्ता र तत्कालै हिन्दी भाषा माथिको प्रतिवन्ध फूकुवा तथा गिरफ्तार नेताहरु रिहा,
बि.स.२०१५ पछि :
* २०१५ सालमा संबिधान सभाको सट्टा आम संसदीय निर्वाचन सम्पन्न, तराई काँग्रेसको पराजय, बिपी कोइराला प्रथम जन निर्वाचित प्रधानमन्त्रि,
* २०१७ साल पुष १ गतेको कालरात्रिमा २ तिहाइ कांग्रेसीहरु रहेको संसद राजा महेन्द्रद्वारा भंग र पंचायती शासन सहित अन्ध राष्ट्रवादको शुरुवात,
* 'हाम्रो राजा हाम्रो देश', 'एक भाषा एउतै भेष' जस्ता घोर अन्ध राष्ट्रवादी नाराको तय तथा एकल जातिय, एकात्मक र चरम केन्द्रिकृत शासनको शुरुवात,
* तराई काँग्रेसका अध्यक्ष वेदानन्द झाद्वारा राजाको त्यो निरङ्कुश कदमको स्वगत र मन्त्री पद ग्रहण,
* महासचिव रामजनम तिवारी, स्व.श्यामलाल लगायतका अन्य नेताहरुको विपी कोइरासंग भेट र तराई काँग्रेस नेपाली काँग्रेसमा विलय,
स्वतन्त्र मधेश मागको शुरुवात :
* २०१७ पछि नेपालद्वारा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त तथा संयुक्त राष्ट्रसंघद्वारा संयुक्त राष्ट्रसंघको बडा पत्रसँग मेल खाने कुनै राज्य(१८१६ को सन्धी (अंग्रेजसँग)मा भएको सम्झौता अनुसारको) रहे/नरहेको नेपाल सरकारसँग प्रश्न,
* तर, नेपाल सरकारद्वारा केही दिन पछि यू.ऐन.लाई 'हामीसँग यस प्रकारको कुनै राज्य नरहेको' सुटुक्क जवाफ लेखन, र सहिद रघुनाथ ठाकुरद्वारा त्यसको बिरोध,
* ठाकुरद्वारा “परतन्त्र मेधश और उसकी संस्कृती” नामको पुस्तक लेखी संयुक्त राष्ट्र संघ र राजा महेन्द्रलाई सम्प्रेषण,
* राजा महेन्द्रद्वारा सहिद रघुनाथ ठाकुरमाथि “सि एण्ड सुट”को ओदश र सहिद रघुनाथ ठाकुरद्वारा "मधेश जन क्रान्तिकारी दल"को गठन मार्फत 'स्वतन्त्र मधेश अलग देश'को लागि भूमिगत आन्दोलनको शुरुवात,
* सहिद रघुनाथ ठाकुरद्वारा मधेशी समुदायको समस्या समाधान गर्नको लागि दिल्ली संसद भवन अगाडी टाउको माथि पेट्रोमेक्स बाली प्रदर्शन,
* २०३८ सालमा सहिद रघुनाथ ठाकुर सहित साथीहरु सत्यदेव मणी त्रिपाठी, सनिश्चर चौधरी र रघुनाथ रायको शहादत्त, तथा तात्कालिन अवस्थामा उनीहरुका मुख्य सहयोगी र प्रजातान्त्रिक योद्धा मानिएका स्व.श्यामलाल मिश्र नेपाली काँग्रेसमा प्रवेश भएपछि वाच्न सफल,
जनमत संग्रह :
* २०३६ सालको जनमत संग्रहमा बहुदलको हार पछि “मेरो र राजाको घांटी एकै ठाउँमा रहेको” अभिव्यक्ति विपी कोइरालाद्वारा सार्वजनिक,
* स्व.श्यामलाल मिश्रद्वारा सोको बिरोध जनमत संग्रहमा वहुदल हारेको भएपनि सुनसरी जिल्लामा वहुदल जितेकोको कारण उनीमाथि कारवाही चलाउन कांग्रेस पार्टी असफल,
* स्व.गजेन्द्र नारायण सिंह(सप्तरी) सम्भवतः विपीद्वारा हेपिए पश्चात दुवै बीच मनमुटाव,
* २०४० सालमा हर्क बहादुर गुरुङ्गको जनसंख्या प्रतिवेदन सार्वजनिक र नेपालमा वसोवास गर्ने मधेशीहरु भारतीय भएको उल्लेख,
* प्रतिवेदनमाथी नेपाली काँग्रेस र तत्कालिन वामपन्थीहरु मौन, नेपाली काँग्रेस भित्रका मधेशीहरुद्वारा बिद्रोह तथा "नेपाल सद्भावना परिषद"को स्थापना,
* गजेन्द्र नारायण सिंह गिरफ्तार र जलेश्वर जेल चलन, रामजनम तिवारी विरगंज जेल र श्यामलाल मिश्र काठमाडौंमा पक्राउ पश्चात हनुमानढोका चलन,
* गुरुङ्ग प्रतिवेदन राजाद्वारा रद्द तीनै नेता रिहा,
* २०४२ सालमा नेपाली काँग्रेसले सत्याग्रको घोषणा तथा रामराजा प्रसाद सिंह(सप्तरी)द्वारा नारायणहिटी अगाडि बम बिष्फोट,
* प्रशासनद्वारा श्यामलाल मिश्र डायरी काण्डको अभियोगमा गिरफ्तार लामो समयसम्म वेपत्ता र २ वर्ष कैद तथा २ हजार जरिवानाको फैसला पछि मिश्र जेलबाट रिहा तर त्यतिबेलै डा.लक्ष्मी नारायण झा र साकेत चन्द मिश्रलाई गिरफ्तारि पछि हत्या,
२०४६ पछि :
* ०४६ सालमा नेपाली काँग्रेसद्वारा जनआन्दोलन घोषणा र ०४६ साल चैत्र २६ गते निरंकुश पंचायती व्यवस्थाको अन्त्य तथा कृष्ण प्रसाद भट्टराई अन्तरिम प्रधानमन्त्री नियुक्त,
* मधेशीहरुलाई कुनै जानकारी नै नदिई राजा, कांग्रेस र तत्कालिन वामपन्थीहरु मिली कथित विश्वकै उत्कृष्ट "नेपालको संबिधान-२०४७"को घोषणा र २०४८ मा पुनः २०५ सिटका लागि संसदीय आम निर्वाचन सम्पन्न, कांग्रेसद्वारा ११४ सिट सहित बहुमत प्राप्त र गिरिजा कोइराला प्रधानमन्त्रीमा नियुक्त,
* कांग्रेसमा भाँडभैलो शेर बहादुर देउवाद्वारा तात्कालिन संसदमा अबिश्वास प्रस्ताव दर्ता र हार बेहोरेपछि गिरिजा प्रसाद कोइरालाद्वारा ०५१मा मध्यावधि निर्वाचनको घोषणा,
* २०५१को संसदीय चुनावमा कांग्रेसको पराजय र कुनैपनि दल स्पष्ट बहुमत ल्याउन असफल,
२०५१ साल पछि :
*२०५१ साल फाल्गुन १ गते संसदीय व्यवस्था र २०४७ सालको संबिधानमाथि नै प्रश्न उठाई "माओवादी"द्वारा सशस्त्र "जनयुद्ध"को घोषणा,
* गोलमेच सम्मेलन, अन्तरिम सरकार र संबिधानसभाको चुनाव बटम लाइन सहित ३ शुत्रिय माग माओवादीद्वारा २०५८ सालमा तात्कालिन संसद(कांग्रेस, एमाले सहित ७ दल रहेको)समक्ष प्रस्तुत र 'युद्ध बिराम'को घोषणा,
* संसदीय दल र माओवादी बीच केहि दिन बार्ता, माओवादी माग अस्विकार, युद्ध विराम भंग र भिषण रक्तपातको शुरुवात, १६००० बढीको मृत्यू,
*२०५८ साल जेठ १९ गते दरवार हत्याकाण्ड र राजा बिरेन्द्र सहित बंश विनाशको दुखद र हृदय विदारक घटना,
*२०६१ साल असोज १९ गते तात्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई असक्षम प्रधानमन्त्री घोषणा गरि राजा ज्ञानेन्द्रद्वारा आफ्नै अध्यक्षतामा नया मन्त्र परिषद्को गठन र राज्य शक्ति आफ्नो हातमा कब्जा,
राजा ज्ञानेन्द्रको साही कदम(०६१ असोज १९) पछि :
* संसदीय दलहरुलाई राजा ज्ञानेन्द्रले लात मारे पछि ७ दलद्वारा "असोज १९को राजाको कदम बिरुद्ध" आन्दोलनको घोषणा तर आन्दोलन प्रभाव हिन,
* आन्दोलनको प्रभाव हिनताको बाध्यताले ७ दल, भारतको सिल्लीगुदीमा बिद्रोही माओवादीको गणतन्त्र, समावेशी, संबिधानसभा आदि एजेन्डा सहितको १२ बुंदे सहमति गर्न बाध्य,
* माओवादीको शक्ति प्रमुख संलग्नता र संसदवादीहरुको सहभागितामा ०६२/६३को जनान्दोलन घोषणा, ब्यापक जनसहभागिता,
* १२ बुंदे मार्फत माओवादीसंग भएको गणतन्त्रको सम्झौता बिपरित १९ दिन पछि राजा ज्ञानेन्द्रद्वारा संसद्को पुनः स्थापना र संसदबादीहरु द्वारा स्वीकार तर माओवादीद्वारा ब्याक भएको घोषणा,
* पछि दलहरुले संबिधान सभाको र गणतन्त्र प्रति पुनः घोषणा गर्ने प्रतिबद्धता जनाए पछि र पुनः स्थापित संसदलाई भंग गरि माओवादी सहितको नया संसद गठन गर्ने बिश्वास दिलाए पछि माओवादीहरुको शान्ति यात्रा प्रारम्भ,
माओवादीको शान्ति यात्रा पछि :
* माओवादी सहित ३३० सिटको नया संसद्को गठन, माओवादी सहितको सहभागितामा गिरिजा कोइरालाको नेतृत्वमा अन्तरिम सरकारको निर्माण र संबिधानसभाको घोषणा,
* अन्तरिम संविधानमा संघियता नराखिएको भन्दै मधेशी जनाधिकार फोरम नेपालद्वारा ०६४ साल माघ १ गते अन्तरिम संविधान जलाइयो र २ गतेदेखि मधेश बन्दको घोषणा,
* बन्दको अवज्ञा गरेको भन्दै फोरम र माओवादी कार्यकर्ताबिच लहानमा भएको भिडन्तमा "रमेश महतो"को मृत्यू र मधेश विद्रोहको शुरुवात, ३ हप्ता भन्दा बढीसमय सम्म जारि, ५४ बढीको सहादत्त,
* भारतको पहल, २२ बुंदे सहमति र बिद्रोह शान्तिका लागि अन्तरिम संबिधानमा "संघिय गणतन्त्र नेपाल" भनि संसोधन भए पछि आन्दोलन तत्कालका लागि अन्त्य,
* २०६४ चैत्र २८ गते संबिधानसभाको निर्वाचन सम्पन्न, २३७ सिट सहित माओवादी पहिलो दल तथा ५४ सिट सहित मधेशी जनाधिकार फोरम नेपालको नाममा मधेशी शक्तिको उदय, २३ सिट सहित तमलोपा र ११ सिट सद्भावनाको पनि,
* २०६५ जेठ १५ गते संबिधानसभाको पहिलो बैठक प्रारम्भ र पहिलो बैठकमै ५९४ मतका साथ् नेपाल गंतान्तान्त्रिक देशमा पूर्ण र बैधानिक परिणत,
* संबिधान सभाको २ बर्षे अवधिभित्र संबिधान निर्माण हुन असफल र श्रीन्खाल्बद्ध पटक पटक म्याद थप, ६ महिना भन्दा बढी थप्न नपाएने भन्दै सर्वोच्चको आदेश संबिधान निर्माण नै गर्न नसकी २०६८ जेठ १४ गते राती संबिधान सभाको बिगठन,
* डा. बाबुराम भट्टराईद्वारा २ पटक घोषणा गरिएको संबिधानसभा चुनावको तिथि कांग्रेस, एमालेद्वारा अस्विकार र आफ्नो नेतृत्वको सर्वदलीय चुनावी सरकारको माग,
* प्रन्या खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय सरकार गठन र मङ्सिर ४ गते दोश्रो संबिधानसभाको चुनाव सम्पन्न, माओवादिक अनपेक्षित हार पछि तेश्रो स्थानमा, कांग्रेस(१९६ सिट), एमाले(१७५ सिट) सहित क्रमश प्रथम र दोश्रो स्थानमा विजय प्राप्त गर्न सफल,
.....क्रमशः.....
0 comments: