Days will prove that your policy will not stop our voice, We youth wish to be martyrs and are not scared of death. Our voice will continue until we have victory, or we will be martyrs.
We, who are the living, possess the past. Tomorrow is for our martyrs.
Madhesh Movement 2007/08: Martyrs
***If there is any mistake in name, spelling or anything you find, please remind us on our mail: info4saroj@gmail.com
२२ योद्धा सहिदको सूचीमा छैनन् ....!!!
प्रजातन्त्र एवम् गणतन्त्रका स्थापनाका लागि निरंकुश शासन व्यवस्था अन्त्यका लागि लड्दै मृत्युवरण गरेका धनुषा र महोत्तरी जिल्लाका २२ जना योद्धालाई हालसम्म पनि मुलुकको सहिदको सूचीमा समावेश गरिएको छैन । ती योद्धाहरुलाई तत्कालीन शासकहरुले आफूले बोकेको सरु्कल्प र सपनालाई तिलाञ्जलि दिदै निरंकुशतालाई स्वीकार गरी आत्मसमर्पण गर्न अनेक प्रलोभन र अवसर दिदा पनि उहाहरुले निरंकुश शासन व्यवस्थाविरुद्धको लडाइ जारी राख्दै मृत्युलाई स्वीकार गरेका थिए । सहिद दिवस मनाउने क्रममा विगतका वर्षमा पनि यो मुद्दा गम्भीरतापूर्वक सरोकारवालासमक्ष राखिए पनि सहिदको परिभाषा, पहिचान, मान र सम्मानका प्रश्नको उत्तर हालसम्म पनि आउन सकेको छैन ।
सहिदका सम्बन्धमा केही साहित्यले बिना तलब, निःस्वार्थरुपमा समाजकल्याणका लागि स्वेच्छिक बलिदान दिने व्यक्तिलाई सहिदका रुपमा परिभाषित गरेका छन् । शब्दकोशले आफ्नो देश, संस्कृति र अस्तित्व संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई सहिद भनिने उल्लेख गरेको छ । माघ १६ गतेका दिनलाई यिनै अमर व्यक्तित्वको स्मरण दिवस पनि मनाइने गरिएको छ ।
यस परिभाषाअनुसार मापदण्डभित्र धनुषा र महोत्तरीका २२ योद्धा रहे पनि मुलुकले उहाहरुको कदर नगरेको देखिएको छ । यस क्षेत्रका लागि माघ महिना प्रेरणा मासका रुपमा देखिन्छ ।
नेपालमा गण्तन्त्रको सपनालाई साकार पार्न सर्वप्रथम दुर्गानन्द झाले मृत्युवरण गर्नुभएको थियो । २०१८ साल माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गरेको अभियोगमा २०२० साल माघ १५ गते झाको हत्या गरिएको थियो । झालाई जनस्तरबाट नेपालका पहिलो गणतान्त्रिक सहिदको संज्ञा दिइए पनि राज्यले हालसम्म उहाको सहादतको गरिमा उचो गराउने संस्कृति बसाउन सकेको छैन ।
त्यस्तै, निरंकुशताविरुद्धका आन्दोलनमा २०१९ साल असोज २४ गते महोत्तरी जिल्लामा शिवचन्द्र मिश्र र २०२९ साल असोज १ गते धनुषाको यदुकुहामा कामेश्वर र कुशेश्वरले सहादत वरण गरेका थिए । २०३० साल कात्तिक ३० गते भारतको मधुवनीमा सरोज कोइराला, २०३६ साल जेठ ३ गते नक्टाझिजमा मोहन महतो र मुंगालाल महतो तथा सोही महिनाको ५ गते मिथिलेश दुवेले जीवन उत्सर्ग गरेको पाइन्छ । तत्कालीन प्रमुख जिल्ला अधिकारीले २०४५ साल पुस २६ गते सत्यनारायण पाठकलाई गोली प्रहार गरी हत्या गरेका थिए भने २०४६ सालको धनुषा बमकाण्डको अभियोगमा हत्या गरिएको थियो । उहँले क्षमायाचना नगरेका कारण उहँको हत्या गरिएको बताइन्छ । यही पृष्ठभूमिमा सत्यनारायण झा, ईश्वर लामा, पदम लामा, सूर्यनाथ राय यादव, साकेतचन्द्र मिश्र र दिलीप चौधरीले प्राणको आहुति दिएका थिए । सोही सालको फागुन ९ गते यदुकुहामा जानकी देवी, मुनेश्वरी देवी, उदयशंकर मण्डल, सोनाबत्ती देवी र रामनारायण यादवको हत्या गरिएको थियो । त्यस्तै, सोही सालको चैत २४ गते तत्कालीन शासकले निरंकुशताविरुद्धका योद्धा रामविलास ठाकुरलाई हत्या गरेका थिए ।
अन्तर्राष्टिूय मान्यता र परम्पराका आधारमा सहिदको परिभाषा तयार गरी उहँहरुलाई आदर्श पात्र बनाउने काममा सबैको सहयोगको आवश्यकता देखिएको छ । उहाहरुको योगदानलाई निर्विवाद, दीर्घकालीन र स्वर्णिम बनाउन विशिष्टीकृत गर्नुपर्ने खँचो देखिन्छ । औपचारिकता पूरा गर्न श्रद्धाका बनावटी शब्द खर्चेर सहिदको साचो सम्मान हुन सक्दैन भन्ने कुरालाई सत्ताका सञ्चालकहरुले बुझ्नुपर्ने प्राध्यापक डा महेन्द्र नारायण मिश्र बताउनुहुन्छ । अग्रज पत्रकार राजेश्वर नेपाली हालसम्म पनि २२ योद्धालाई अमूर्त शैलीमा व्याख्या गर्ने काम हुनु विडम्बना हो भन्नुहुन्छ । वर्तमान परिप्रेक्ष्यमा पटकपटक राजनीतिक विवाद र आन्दोलनमा ज्यान गुमाउनेहरुको योगदानको पनि कदर हुनुपर्दछ भन्नेमा विवाद गर्नु आवश्यक नभए पनि कुन आन्दोलनमा कसको ज्यान गयो र त्यो आन्दोलन कसले आह्वान गरेको थियो अनि ती आन्दोलनलाई भर्याङ बनाएर को सत्तामा गयो ऊ नै यसरी ज्यान गुमाउनेप्रति त्यत्ति नै जवाफदेही हुनुपर्दछ । भनिन्छ, क्रान्तिकारी स्वार्थहीन हुन्छन् । उहँहरुको एउटै उद्देश्य राष्टूलाई निररु्कुशताबाट बचाई जनतालाई स्वतन्त्रताको प्रत्याभूति दिलाउनु र आवश्यक परेमा आफ्नो प्राणसमेत बलिदान दिनु हो ।
यस सन्दर्भमा पनि २२ जनालाई भागबन्डा नगरी साझा रुपमा सहिदका रुपमा कदर गर्नुपर्ने उपप्राध्यापक परमेश्वर कापडी बताउनुहुन्छ । प्रजातन्त्र र गणतन्त्रका महान् २२ सेनानीलाई तत्कालीन शासकले कतिपयलाई जेलमा यातना, आरोप अथवा एउटा जेलबाट अर्को जेल लैजाने क्रममा रातिमा गोली प्रहार गरी हत्या गरेको ऐतिहासिक तथ्य भए पनि राष्टूले योद्धाहरुको योगदानलाई इतिहासको ऐच्छिक अध्याय बनाउन नहुने धारणा प्राध्यापक मिश्रको रहेको छ । उहा भन्नुहुन्छ–धनुषा र महोत्तरी जिल्लालाई प्रेरणा जिल्लाका रुपमा स्थापित गराउदै नया पुस्तालाई योद्धाप्रति अनुगृहित गर्न नसक्नु चिन्ताको विषय हो । २२ योद्धाका बलिदानका कारण पनि राष्टूमा निरकुशताविरुद्ध क्रान्तिको सशक्त पृष्ठभूमि तयार भएकाले यी सेनानीहरुको योगदान धूमिल हुन नदिन प्रयासको थालनी जरुरी छ ।
0 comments: